६ बैशाख २०८१, बिहीबार
Follow Us

पोखरा मनपाको वडा नं ३ र ४ मा काँग्रेस

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार ०६:१५

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली काँग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी बन्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशिधर पराजुलीले ६४८ मत प्राप्त गर्नुभयो । वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला सदस्यमा रवीन कायस्थ र जीतेन्द्र कायस्थ विजयी बन्नुभएको छ ।
महानगरको वडा नं ४ को अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका शङ्कर बास्तोला विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण पराजुलीले ६३२ मत प्राप्त गर्नुभयो ।
उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी बन्नुभएको छ । वडा नं ५ को मतगणनाका क्रममा खसेको मतसङ्ख्या तीन हजार ३०६ भएकोमा तीन हजार २०८ मत मात्र फेला परेपछि उक्त वडाको सम्बन्धमा दलहरूबीच छलफल जारी रहेको र अन्य ६, ७ र ८ नं वडाको मतगणना सुरु गरिने भएको छ ।