१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रोतुगलमा एनआरएन नेता लामिछाने र पन्तसंग सालैजो……. (भिडियो)

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार ०९:२६


सुनिल संगम ।
लिस्बन – गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक जिवा लामिछानेबाट लिखित बहुचर्चित यात्रा साहित्यको पुस्तक ”सरसर्ती संसार” को समिक्षा तथा लेखकसंग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त साहित्यिक कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले आयोजना गरेको थियो भने पत्रकार बिनोद घिमिरे, अनेसास सल्लाहकार सीता बराल, एनआरएनए पोर्चुगलका अध्यक्ष तथा अनेसास सल्लाहकार भीम कमल केसीले पुस्तकको समिक्षा गरेका थिए ।
महासचिव अनुराग कडेंलद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष वाई वी गुरुङले अतिथि तथा उपस्थित साहित्य प्रेमीहरुको निम्ति स्वागत मन्तब्य राखेका थिए भेन कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको थियो।
यसै गरि गैर -आवासीय नेपाली संघ पोर्चुगलले ”नेपाली नागरिकताको निरन्तरता र राष्ट्र निर्माणमा एनआरएनएको भूमिका” बिषयमा अन्तरक्रियाको कार्यक्रम सम्पन्न गरेको छ महासचिब सोम फुरी शेर्पाले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष सुनिल संगमले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष भीम कमल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने, गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, गैर -आवासीय नेपाली संघ जर्मनीका निवर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं नागरिकताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई, गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा पोर्चुगलका लागि नव नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङ, गैर -आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका पूर्व सल्लाहकार सुभाष पोखरेल, नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगल प्रतिनिधि एवं गैर -आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम, आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नर भुपाल राई लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।
पोर्चुगल
मगर समाज पोर्चुगलले पनि एक बनभोज कार्यक्रमको साथसाथै संस्थाको अधिबेसन गरि नारायण काजी थापा मगरको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ। महासचिब दीपक राना मगरद्वारा संचालित उक्त कार्यक्रम अध्यक्ष लाल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सदस्य एवं पोर्चुगलका नव नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङ, एनआरएनए पोर्चुगलका अध्यक्ष भीम कमल केसी, आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नर भुपाल राईले शुभकामना मन्तब्य राखेका थिए साथै नयाँ कार्य समितिका पदाधिकारीहरुलाई प्रखुम अतिथि लामिछाने र पन्तले खादा लगाएर स्वागत गरेका थिए ।