१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेनपाको प्रमुखमा काँग्रेसका श्रेष्ठ विजयी

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार १२:१५

बाबियाचौर । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा (माओवादी केन्द्र)की ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गर्नु भएको छ । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो । बेनपाको १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित हनुभएको छ ।

एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित हुनुभएको छ । बेनपा १० मा काँग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।