१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई पत्रकार कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार ०७:२३

काठमाडौं । दुईजना पत्रकार वडाध्यक्षमा निर्वाचित भएका छन् । हेटौडा उपमहानगरपालिकाको–१ नम्बर वडामा सविन न्यौपाने विजयी भएका छन् भने बाग्लुङ नगरपालिका–११ बाट ज्ञानेन्द्र गौतम निर्वाचित भएका छन् । न्यौपाने हेटौँडाबाट प्रकाशित हुने साझा कुरा दैनिकका प्रकाशक/ सम्पादक हुन् । काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत हुन् । उनले नेपाली काँग्रेसका तर्फबाट एक हजार एक सय ४५ मत ल्याए। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका उत्तर न्यौपानेले एक हजार ३६, माओवादी केन्द्रले एक सय २२ र राप्रपाले दुई सय ४२ मत पाए।

बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित  गौतमले ६०४ मत प्राप्त गरी विजयी भएका हुन् ।  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले ४०१ मत पाए। गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेतहुन् ।