jjjjझलक सुवेदी, विश्लेषक

एमालेले पचास प्रतिशत जति सिट हासिल गर्छ र बाँकी अरुमा विभाजित हुने हो भन्ने मैले चुनाव अघि नै अनुमान गरेको थिएँ, लगभग त्यस्तै हिसाबले परिणाम सार्वजनिक हुँदैछ । अहिलेसम्मको टे«न हेर्दा कांगे्रस कमजोर देखिएको छ । चारमध्ये एउटा महानगर छोडिसकेको कांगे्रसले कम्तीमा एउटा मात्र जित्यो भने इज्जत रहन्थ्यो ।
भरतपुरमा रेणु दाहालले जिते कांगे्रसकै जित हुन्छ । बाँकी तीनमध्ये एउटा जित्यो भने पनि कांगे्रसको इज्जत रहन्छ । हिजो जनयुद्ध प्रभाव भएको क्षेत्रमा माओवादी केन्द्रको उपस्थिति ठिकै देखियो । निक्कै कमजोर भएर गयो भन्ने मेरो अनुमान थियो, तर ठीक विपरित भयो ।
भारतले नेपालमा नाकाबन्दी लगाइसकेपछि ‘इन्टी इण्डियन सेन्टिमेन्ट’ केपी ओलीले क्यास गरे । दोस्रो कुरा नेपालमा एउटा पंक्ति यस्तो छ, सहरको मध्यमवर्ग र पहाडी खस ब्राह्मणले २–३ कुरामा अप्ठ्यारो महसुस गरिरहेको छ । समावेशी सिद्धान्तले बाहुन क्षेत्रीलाई सरकारी जागीरदेखि विभिन्न क्षेत्रमा भएको आरक्षणले अप्ठ्यारो परिरहेको थियो । कतिपय संघीयताले देश टुक्रिन्छ भन्ने भ्रममा रहेको शक्ति पनि छ । अर्को गणतन्त्रविरोध शक्ति पनि छ । अनेकथरि शक्तिहरुलाई गत संविधानसभामा राप्रपाका कमल थापाले प्रतिनिधित्व गरेका थिए । कमल थापाबाट सबै कुरा एमालेले खोसेको थियो । ‘कन्जरभेटिभ माइनसेटप’ भएको जनमत एमालेमा गयो । एमाले आफैमा संगठित शक्ति हो । एमालेले पहाडी बेल्टको मत बढी ल्याउँछ भन्ने अनुमान पहिलेदेखिकै हो । त्यसकै वरिपरी छ रिजल्ट आइरहेको छ ।
कांगे्रसको राजनीतिमा यस्ता उतारचढावले धेरै असर गर्दैन थियो । कांगे्रसको मूल धार लामो समयसम्म कोइराला परिवारको हातमा थियो । कोइराला परिवारबाट शेरबहादुर देउवाले नेतृत्व हत्याइसकेपछि कांगे्रसभित्रको एउटा ठूलो पंक्तिले देउवाको नेतृत्व स्वीकार गरिसकेको छैन । कांगे्रस एकै ठाउँ उभिएर व्यवस्थित तरिकाले निर्वाचनको सामना गरेन । कांगे्रसभित्र असन्तुष्टिहरु देखियो । खासगरी भरतपुर महानगरमा आफ्नो उम्मेदवारलाई ब्याक गराउँदा देशभरि नै एक किसिमको असन्तुष्टि देखिएको थियो ।
सहरको एउटा मास, जसले हिजो कांगे्रसलाई मत हाल्थे, जो, सुशीला कार्कीमाथि लगाइएको महाअभियोगले चिडिएको थियो । गत वर्ष केपी ओलीको सरकार ढलेर नयाँ सरकार बनाउने बेलामा कांगे्रसले जुन भूमिका खेल्यो, त्यसबेला भारतबाट सञ्चालित भन्ने आरोप एमालेले मजाले बेच्यो । माओवादी र कांगे्रसले यो आरोप चिर्न सकेन । यस्ता कतिपय कुराले कांगे्रसलाई डिमारलाइज गरेको छ ।
कांगे्रसमा बाह्य होइन, आन्तरिक कारणले यस्तो नतिजा आएको हो । अहिले आइरहेको परिणामलाई हेर्दा कांगे्रस लथालिङ हुँदाहुँदै पनि ठूलो मास ट्रयाकमै रहेछ भन्ने अहिलेको निर्वाचनले देखाएको छ ।
माओवादी केन्द्रले अपेक्षाभन्दा बढी सुधार गरेको छ । सहर र मध्यमवर्ग बढी भएको क्षेत्र जस्तो गण्डकीको कास्की, स्याङ्जा, लमजुङ, गोरखा र काठमाडौंमा माओवादीको उपस्थिति कमजोर देखियो । माओवादीको सशस्त्र विद्रोहको बेसलाई धेरै मान्छेले मन पराइरहेका थिएनन् ।
एमालेले प्रतिध्रुवका कारणले बढी मत हासिल गरेको हो । प्रतिधु्रवका मान्छेहरु एमालेप्रति आकर्षित भए । गणतन्त्र, समवेशिता, जातीय पहिचान र मधेशको मुद्दालाई लिएर माओवादीको अडान जुन रह्यो, यसलाई सहरको मध्यमवर्गले पटक्कै रुचाएन ।
प्रचण्ड प्रधानमन्त्री भइसकेपछि २–३ वटा कुराले पार्टीलाई राहत दियो । लोड सेटिङ अन्त्य गर्ने प्रयास यो व्यवस्थापनले ग¥यो, त्यसको जस माओवादीले पाउनुपर्ने हो । माओवादी भारतबाट सञ्चालित भनेर खुबै प्रचार भयो, त्यसको खण्डन माओवादीले गर्न सकेन । अहिले प्रधानमन्त्री दाहालले ओबरमा सम्झौता गरेर त्यो आरोपको खण्डन मज्जाले गरिसकेका छन् । तर, त्यो बिकेन । प्रचण्डले मधेशी दललाई समेत आश्वस्त पार्दै, स्थानीय तहको निर्वाचन आयोजना गरे, प्रचण्डको त्यो राजनीतिक क्षमता थियो, त्यसलाई समेत मध्यमवर्गले मूल्यांकन गरेजस्तो देखिएन ।
मूलतः सामाजिक रुपान्तरण र परिवर्तनको १० वर्षे बहस एउटा हुण्डरी आयो, त्यसप्रति मध्यमवर्गको असन्तुष्टि बलियो देखियो । माओवादीभित्र राजनीतिक समस्या देखियो । विभाजन, टुटफुटले असर पारेको देखियो । ६ नम्बर प्रदेशको सुर्खेत र दैलेखबाहेक माओवादीको प्रदर्शन राम्रै देखियो ।
अहिलेको टे«न नै दोस्रो चरणमा देखिन्छ । यसले विशेष प्रभाव पार्दैन, यसले नकरात्मक प्रभाव पा¥यो भने कमल थापाको राप्रपालाई पार्न सक्छ ।
दोस्रो चरणको चुनाव हुन्छ, संविधान संशोधनलाई मुद्दा बनाइराखेको राजपालाई कसरी आश्वस्त पार्ने भन्ने सत्ता रुढ दलहरुको जिम्मेवारी हो । मलाई लाग्छ, राजपाले चुनावमा भाग लिन्छ । संविधान बनाउँदा समेट्नुपर्ने मुद्दा एमालेका कारण रोकिरहेको थियो, अहिले पनि एमाले संलग्न नभइ संविधान संशोधन हुँदैन ।
एमालेले संविधान संशोधनमा साथ दिँदैनन, किनभने १५ दिनपछि चुनाव आउँदैछ, यही मुद्दामा चुनाव लडिरहेकाले साथ दिँदैन । संविधान संशोधन हुँदैन ।
भीम आत्रेयसँगको कुराकानीमा आधारित