१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १४:४४

काठमाडौं । उद्योग मन्त्री एवं लगानी बोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग  समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापितगर्न पर्ने बताउनु भयो।
मन्त्री जोशी लाईबोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय  सरकारले गरकोे हो ।  मन्त्रीजोशीको सम्मान मा लगानीबोर्र्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वर मा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै उहाँले उक्तधारणा राख्नु भएको हो ।
उहाँले लगानीबोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामादिने योगदानबारे अनुसन्धानएवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने मा जोड दिंदै बोर्डको काममा आईपर्ने समस्या समाधानगर्न सम्बन्धित मन्त्रालयहरु सँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिनुभयो ।उहाँले लगानीबोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिनुभयो ।
उक्त अवसरमा उद्योग सचिव शंकरप्रसाद कोईरालाले पुँजीगत खर्चकमहुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानीबोर्डले अगाडिबढाएका परियोजनाको सहज कार्यान्वयन मा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिनुभयो ।
मन्त्री जोशीलाई स्वागतगर्दै लगानीबोर्डका प्रमुखकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उहाँलाई उपाध्यक्षको रुपमापाउँदाबोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधान माउहाँको मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताउनु भयो । उहाँले लगानीबोर्डले अगाडिबढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजनाकार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराउनु भएको थियो ।