१२ बैशाख २०८१, बुधबार
Follow Us

अल्डरशटको नेपाली समूदायले वेलायती रानीको जन्मदिन मनाउने

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १५:५५

अल्डरशट । ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १० जुनमा बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन ((भिक्टोरिया डे) मनाउने मनाउने भएको छ ।

यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाउने तयारी गरिएको संस्थाका अध्यक्ष ओम थापाले बताए।

कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित करिब दूइसय भन्दा बढी परेडमा सहभागि हुने छन् ।

करिब तीन हजार भन्दा बढी बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहने अनुमान गरिएको छ ।

कार्यक्रममा नेपाली समूदाय, आ—आफ्नो संस्कार झल्कने पोशाक करिब १ र्दजन संघसँस्थाको सहभागि रहने भएको छ । बिसीसी यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, क्षेत्री समाज यूके, तमुधिं यूके, मगर संघ यूके, किरात सुनुवार सेवा समाज यूके, किरात राइ यायोखा, थकाली समाज यूके, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नयाँ युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहने उपाध्यक्ष राम धन राइले बताएका छन।

कार्यसमिति, सल्लाहाकारहरु, समस्त संघसंस्था, पत्रकारहरु समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहने उक्त कार्यक्रमको संयोजक रन्जिता मल्ल र सहसंयोजक बिर बलाल रहेका छन्।

– जीव बेलबासे