१२ बैशाख २०८१, बुधबार
Follow Us

बैठकमा अख्तियार प्रमुख कार्की अनुपस्थित

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १४:५२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको विषयमा छानविन गर्न संसदको सुशासन समितिले उपसमिति गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, नरसिँह चौधरी, पद्मनारायण चौधरी र मिलन कुमारी राजवंशी रहेका छन् । समितिले १० दिन भित्र छानविन गरेर प्रतिवेदन सार्वजनिक बुझाउने समयसीमा दिइएको छ । काठमाण्डौ विश्वविद्यालयले एमडी, एमएस र एमडिएसको परीक्षामा हस्तक्षेप गरेको आरोप लागेपछि समितिले आयोग पदाधिकारीसँग छलफलपछि उपसमिति गठन गरेको हो । संसदको सुशासन तथा अनुगमन समितिले बोलाएको छलफलमा अख्तियार प्रमुख लोकमानसिंह कार्की भने अनुपस्थित रहे । स्वास्थ्यको कारण देखाउँदै प्रमुख आयुक्त कार्की अनुपस्थित भएका हुन् । कार्कीले समितिलाई पत्र पठाएर आफ्नो घाँटीमा समस्या देखिएको र डाक्टरले एक हप्तासम्म नबोल्न सुझाव दिएकाले उपस्थित हुन नसक्ने जानकारी दिएका हुन । यसअघि समितिले परीक्षामा अनियमितताका विषयमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको थियो ।