७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा किराँत राईहरुले साकेला उभौली मनाए

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १६:०७

किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको पर्व उभौली साकेला शनिवार किरात राई हाउस गेम्बललेनमा भब्यता मनाएको छ ।

शिलिहाङ्पा र नक्छुङ किताब शेर राईले साकेला थानमा भुँमे पूजा गरेर साकेला सिली सुरुवात गरेपछि किराँत राई यायोख्खा युकेका कार्यसमिति लगायत बेलायतका प्रारम्भिक कार्यसमितिका अध्यक्ष र प्रतीनिधी समूहले संयुक्त रुपमा भुमे पूजा सम्पन्न गरे पश्चात औपचारिक कार्यक्रम शुरुवात भएको थियो ।

साकेला शिली प्रदर्शन तथा प्रतियोगिताका लागि सबै प्रारम्भीक कार्य समितिहरुले आ-आफ्नो साकेला शिली प्रदर्शन गरेर प्रतियोगितामा उत्साह जनक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रारम्भीक कार्यसमिति ग्रेटर रोस्मर प्रथम, प्रारम्भिक कार्य समिति आस्फोर्ड दोस्रो र प्रारम्भिक कार्य समिति ग्रेस तेस्रो भएका थिए ।

कार्यक्रमका अतिथी वेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले किराँतहरुको ईतिहासको चर्च गर्दै किराँत राई जातिलाई अलग्याए नेपाल कहिले पूर्ण नहुने बताउँदै, नेपालको सबै पर्वहरुको उतिकै महत्व भएपनि किराँत राई संस्कृति र सभ्यता संसारकै उत्कृष्ट रहेकाले यसलाई संरक्षण र संबर्धन गरिनु पर्ने बताए ।

अर्क अतिथि गिलफोर्ड बोरो काउन्सिलका डिपुर्टि मेयर माईक पर्सनले साकेलाको अवसरमा सबै राईहरुलाई शुभकामना दिदै कार्यक्रममा सहभागिता हुनपाएकोमा खुसी ब्यक्त गरे ।

किराँत राई यायोक्खा वेलायतका अध्यक्ष पदम बहादुर राईले कार्यक्रममा सहभागी सबै बिशिष्ट पाहुना प्रति आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यबाद ज्ञापन गरे ।

एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, किराँत राई यायोक्खा नेपालका पूर्व अध्यक्ष यसोधा राई, बिजिडब्लुएसका सोनाम तेरिङ्ग शेर्पा, तामांग समाजका अध्यक्ष श्रीमती अन्जु योन्जन, किराँचुका अध्यक्ष काजिमान यक्सो लिम्बु, तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष लगायत अन्य जातिय संस्थाहरुका अध्यक्षहरु, जेष्ठ नागरिकका बिर्ख राई, नेपाल देखि बेलायतमा साँगितिक कार्यक्रमका लागि आएका दमन रुपाखेति, परबन राई, गायिका कला राई, गायिका बिष्णु चेम्जोङ र खेलाडी र नायक राजकुमार राई अतिथिका रुपमा उपस्थित थिए ।

हजारौं किराँत र गैर किराँतहरुको उपस्थिति रहेको साकेला उभौलिमा ई-मिडिया हब लिमिटेड युके सहित ब्यापारिक र खाना लगायत जानकारिका लागी स्टलहरु राखिएका थिए ।

साकेला उभौली २०१७ का संयोजक उपाध्यक्ष क्याप्टेन सुमन चन्ऽ राईले सुम्निमा पारुहाङको आशिर्बादले कार्यक्रम अत्त्यन्तै सफल र सुरक्षित रुपमा सम्पन्न भएको जानकारी दिदै सहभागीहरुप्रति आभार प्रकट गरेका थिए ।