८ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खा कप फुटबलमा राष्ट्रिय प्रशिक्षक राजु शाक्य सहभागी हुने

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १६:३२

लन्डन । बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप आगामी २८ मे, आइतवार अल्डरसट् स्थित क्वीगन्सख एभिन्यूहजमा हुँदैछ। सो खेल हेर्न नेपालका राष्ट्रिय प्रशिक्षक राजु शाक्य र वेलायती प्रख्यात फुटवलर लेडलि किङ्ग सहभागी हुने छन् । युवा समाजसेवी विरेन खड्काका अनुसार शाक्य आगामी आइतवार साँझ लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिने भएका छन ।

यस पटक पनि ४० फुटबल टिमबीच प्रतिस्पपर्धा हुनेछ, जसमा चालीस वर्ष उमेर मुनिका ४० टिम र चालीस वर्ष उमेर माथिका ८ टिम रहने तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिएका छन्। तमु धीं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो।

नेपाली कला र संस्कृती झल्कउने झाँकीहरुको समेत प्रस्तुति रहने खेल दश हजारभन्दा बढी दर्शकले हेर्ने अनुमान लगाईएको छ। विश्व प्रसिद्ध पल्‍टन ब्यानण्ड् द ब्यानण्डा अफ ब्रिगेड अफ गोर्खाजको सांगीतिक प्रस्तुती र खुकुरी नाच समेत खेलको अर्को आकर्षण हुने आयोजकले जनाएको छ ।

१५ औं संस्करण भएको हुनाले खेललाई बिषेश समारोहका बीच मनाउने तयारी भैरहेको गुरुङले जनाए । गैर—नेपालीको सहभागिता समेत बढाउन यस पटक बिशेष पहल गरेका छौं गुरुङले वताए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूतको साथमा, स्थानीय मेयर, ब्रिगेडर गोर्खाजका बहालवाला प्रमुख कमाण्डर अल्डरसट ग्याडरीसनका कर्नेल, ह्यापम्पासैरका प्रहरी प्रमुख लगायतका विशिष्ठी पाउनाको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

दिनभर आयोजना हुने कार्यक्रमको अन्तिम खेल भने बेलायतको साँझ ७ बजेको हाराहारीमा हुने बताईएको छ। खेलको बिजयी टिमले ट्रफि, गोल्डपलेटर सर्टिफिकट को साथमा २ हजार पाउण्डर पुरस्का्र पाउने छ।

नेपालको पूर्व र पश्चि‍मी क्षेत्रका तर बेलायतमा बसोबास गर्ने गुरुङ समुदायको बाहुल्य ता रहेको तमु धीं यूकेले आयोजना गर्ने गोर्खा कप र नेपाली मेला सर्वाधिक नेपालीहरु भेला गराउने बार्षिक कार्यक्रमको रुपमा प्रख्यात रहेका छन्।