१२ बैशाख २०८१, बुधबार
Follow Us

६ नम्बर प्रदेशको ३ जिल्लामा कांग्रेस नील

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार ०९:०३

काठमाडौं । ६ नम्बर प्रदेशको ३ वटा जिल्लामा नेपाली कांगे्रस नील भयो । रुकुम, डोल्पा र कालिकोटमा कांगे्रस एउटा पनि गाउँपालिका अध्यक्ष र नगरपालिकाको मेयर जित्न सकेन । उक्त प्रदेशमा रहेका १० जिल्लामध्ये जुम्ला र दैलेखमा ४–४ अध्यक्ष र मेयर जितेको छ भने सुर्खेतमा ३ वटामा जित हात पारेको छ । ६ नम्बर प्रदेशमा कांगे्रसले १८ ठाउँमा गाउँपालिका र मेयर जितेको छ । उक्त क्षेत्रमा माओवादी र एमालेले बराबर अर्थात् २५–२५ स्थान जितेको छ ।
ऊर्जा मन्त्री जर्नादन शर्माको जिल्ला रुकुमका सबै अध्यक्ष र मेयर माओवादी केन्द्रले जितेको छ । दैलेख, सुर्खेत र मुगुमा माओवादी नील बन्यो । त्यसपछि कालिकोटमा ५ र हुम्लामा ४ मा माओवादीको वचश्व रह्यो । कालिकोटमा एमालेकाले एउटा गाउँपालिका अध्यक्ष जितेको छ भने हुम्लामा कांग्रेस र एमालेले १–१ अध्यक्ष जितेका छन् । बाँकी चार अध्यक्ष र मेयर माओवादीले जित्यो । दैलेखमा एमालेले ७ वटा अध्यक्ष र मेयर जित्यो ।
६ नम्बर प्रदेशको ७० स्थानको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । उक्त प्रदेशमा कांगे्रस सबैभन्दा कमजोर देखियो । उक्त प्रदेशमा सुर्खेतका पूर्णबहादुर खड्का, मन्त्री हृदयराम थानी, रुकुमकी राज्यमन्त्री मिठु मल्ल, जाजरकोटका राजीव विक्रम शाह, गोपालजीजंग शाह, कालिकोटका तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलगायतका नेता छन् । डोल्पामा कांगे्रसका खासै नेता छैनन् ।