१२ बैशाख २०८१, बुधबार
Follow Us

संसद्को बजेट अधिवेशन सोमबार

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १३:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो ।