१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेयरले खाए सपथ, आजबाटै थाले काम

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १३:४४

रामेछाप । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दोश्रो दिनमै मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण लिएसँगै काममा लागेका छन् । जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयरसहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् । मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीले सपथ खुवाउनु भएको थियो । त्यसैगरी वडा सदस्यहरुलाई नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले सपथ खुवाउनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतले सपथ खुवाएसँगै मेयर रमेशकुमार बस्नेत र उपमेयर माया कार्कीले शुक्रबारदेखि पदभार ग्रहण समेत गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले आगामी पन्ध्र दिनभित्रमा मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुमा कार्यालय स्थापना गरिसक्ने बताउनु भएको छ ।
गाउँपालिका र नगरपालिका सञ्चालनका लागि केही कानूनहरु बन्ने क्रममा रहेकाले कानून बनेर नआउञ्जेलसम्म नगरपालिकालाई समृद्ध बनाउन योजना निर्माणको तयारीमा आफूहरु लागि पर्ने पनि मेयर बस्नेतले बताउनु भयो ।