१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुरमा विवाद, कहाँको अवस्था के ?

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १६:१०

काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा शुक्रबार पाँचौ दिन पनि मतगणना चलिरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा मतगणना स्थगित भएको हो ।
भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ ।

भरतपुर
माओवादी केन्द्र रेणु दाहाल – १४ हजार ८ सय ९
एमाले – देवी ज्ञवाली – १५ हजार १ सय ५५

पोखरा
एमालेका मेयर उम्मेद्वार मानबहादुर जिसीले – १४ हजार ६ सय ९४
माओवादीसँग तालमेल गरेका कांग्रेसका रामजी कुँवरले– १४ हजार ९१

ललिपुर
कांग्रेसका चिरीबाबु महर्जन – १५०४१
एमालेका हरिकृष्ण व्यञ्जनकार – १३२१६

काठमाडौं
एमालेका विद्यासुन्दर शाक्यले – १२५३४
कांग्रेसका राजुराज जोशीले – ८५८७