८ बैशाख २०८१, शनिबार
Follow Us

कुमार लामा फैसलामा जूरीलाई सर्वसम्मत गराउने प्रयास जारी

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १५:०१

लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्धा माथिको फैसला अन्योलमा परेको छ ।
सोमवार देखी ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जूरी बीच एकमत हुन नसक्दा उनको फैसला लम्बिएको हो । स्रोतका अनुसार १२ जनाबाटै सर्वसम्मत निर्णय नभएमा पुनः सुनुवाइ गर्नु पर्ने कानुनी जटिलताका कारण जुरीको बैठकले सर्वसम्मत निर्णयमा पुग्न प्रयास जारी राखेको छ । यो समाचार तयार पर्दा सम्म जुरी बैठक जारी छ । फैसला सुन्न लामा आफै अदालत समक्ष उपस्थित छन् ।


अपडेट — आज कार्यालय समयभित्र जूरी कुनै निर्णयमा पुग्न नसके पछि भोलि (बुधवार) सम्मका लागि इजलास स्थगित गरिएको छ ।