१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायती महारानीको सुरक्षामा नेपाली : भन्छन्- ‘हामीबाहेक अरुले हतियार बोक्न पाउँदैनन्’

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार ०३:४९

लन्डन । बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।
द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।
ललितले भने: -महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ । उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।
आजको कान्तिपुरबाट