१४ बैशाख २०८१, शुक्रबार
Follow Us

६ दिनमा काठमाडौंको ४० हजार मत गणना

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार ०४:०२

काठमाडौं । राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा (एमाले) नै अगाडि रहेको छ । महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ ।