८ बैशाख २०८१, शनिबार
Follow Us

साढे दुई किलो अफिमसहित तीन व्यक्ति पक्राउ

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार १४:१३

कोहलपुर । झन्डै साढे दुई किलो अफिमसहित प्रहरीले तिन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । अञ्चल प्रहरी कार्यालय नेपालगन्जले आज पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परी सार्वजनिक हुनेमा रुकुम भूमेगाउँपालिका– ३ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २९ वर्षीय अयन रोका, रुकुम सोही ठाउँ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मै डेरा गरी बस्ने ३६ वर्षीय भागेश्वर रोका र रुकुम भूमेश्वर गाउँपालिका– ३ बस्ने २६ वर्षीय रुपेश पुन रहेका छन् ।
रा २ प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी बाँकेको संयुक्त टोलीले जिल्लाको राप्ती सोनारी गाउँपालिका – १ कुसुमको चेक प्वाइन्टमा चेकजाँचका क्रममा अफिमसहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरीक्षक विश्वराज सिंहले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।