८ बैशाख २०८१, शनिबार
Follow Us

सत्ता हस्तान्तरणबारे माओवादी हेडक्वाटरमा छलफल

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार ०७:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक आईतवार दिउँसो ३ बजेका लागि बालुवाटारमा बोलाइएको छ । वैशाख ३१ गते सम्पन्न चुनावको नतिजा तथा दोस्रो चरणको रणनीति र उम्मेद्वारीको विषयमा पनि छलफल हुने भएकाले बैठक बोलाइएको बताइएको छ । बैठकमा संविधान संशोधन प्रस्तावबारे दलहरुसँग भइरहेको छलफल तथा सत्ता हस्तान्तरणका बारेमा पछि छलफल हुनेछ । प्रधानमन्त्रीले नेपाली कांग्रेससँगको समझदारी अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिने बताइसकेको अवस्थामा कहिले राजीनामा गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।