१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसद्को बजेट अधिवेशन सोमबारदेखि

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार १६:०२

काठमाडौं । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलीको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १३.०० बजेका लागि बोलाइएको छ ।
बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४-७५ को बजेट समेत पेस गरिनेछ । प्रवक्ता गौतमका अनुसार यही जेठ ९ गते आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ ।
यस्तै जेठ ११ गते राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ । मन्त्रिपरिषद्को आजको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।