१२ बैशाख २०८१, बुधबार
Follow Us

दोश्रो चरणको निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री दाहालको निर्देशन

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार १६:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग निर्वाचन आयोगका आयुक्तहरुबीच भेटावार्ता भएको छ । जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनका विषयमा आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका अवसरमा पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनको राणनीति, तयारी लगायतका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनमा भएका कमी कमजोरीहरुबाट पाठ सिकेर दोश्रो चरणको निर्वाचनलाई निष्पक्ष एवं धाँधलीरहित सम्पन्न गर्नुपर्ने भन्दै आयोगलाई आफनो काम गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री दाहालले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन सरकार सहयोग गर्न तयार रहेको भन्दै आयोगलाई आफनो कार्यसम्पादन विना कुनै संकोच सम्पन्न गर्न निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।