१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं महानगरमा शाक्यको अग्रता कायमै

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार ०४:४४

काठमाडौं । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राख्नुभएको छ ।
नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र) का सर्वात्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गराउनुभयो ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २६ हजार ४१७, राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८२३ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ४५० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २१९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयको अनुसार अहिलेसम्म ८८ हजार २९१ मतगणना भइसकेको छ ।