१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा कपको तयारी अन्तिम चरणमा, ६० लाख रुपैयाँ खर्च लाग्ने

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार १०:०८

लन्डन । बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप फुटवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आइतवार अल्डरसट् स्थित क्वीगन्सख एभिन्यूहजमा हुने खेलमा यस पटक पनि ४० फुटबल टिमबीच प्रतिस्पपर्धा हुने तमुधिं यूकेले जनाएको छ । सो खेलको तयारी बारे जानकारी दिने उदेश्यले तमुधिं हाउस, मिचममा आइतवार एक पत्रकार सम्मेलन गर्दै तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले खेल गत वर्ष भन्दा निकै व्यवस्थित र भव्य हुने जनाकारी दिए ।

उनले गतवर्षहरुमा जस्तै वेलायतस्थित नेपाली समूदायको सहयोगका लागि आग्रह गरे । चालीस वर्ष उमेर मुनिका ३२ टिम र चालीस वर्ष उमेर माथिका ८ टिम रहने खेल संयोजक पिलाम्वर गुरुङले जानकारी दिए ।

तमुधिं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो। वेल्जियम र हङकङको समेत टिमले भाग लिने सो खेलको लागि करिब ४९ हजार पाउण्ड खर्चको अनुमान रहेको तमुधिं यूकेले जनाएको छ । पत्रकार सम्मेलनका बीच खेल टिमको ड्र समेत गरिएको थियो ।
नेपाली कला र संस्कृती झल्कउने झाँकीहरुको समेत प्रस्तुति रहने खेल दश हजारभन्दा बढी दर्शकले हेर्ने अनुमान लगाईएको छ। विश्व प्रसिद्ध पल्टन ब्यानण्ड् द ब्यानण्डा अफ ब्रिगेड अफ गोर्खाजको सांगीतिक प्रस्तुती र खुकुरी नाच समेत खेलको अर्को आकर्षण हुने आयोजकले जनाएको छ ।
2
दिनभर आयोजना हुने कार्यक्रमको अन्तिम खेल भने बेलायतको साँझ ७ बजेको हाराहारीमा हुने बताईएको छ । खेलको बिजयी टिमले ट्रफि, गोल्डपलेटर सर्टिफिकट को साथमा २ हजार पाउण्डर पुरस्कार पाउने छ।
। पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ वरिष्ठ उपाध्यक्ष नन्दजंङ गुरुङ, संयोजक पिलाम्वर गुरुङ, कुमार गुरुङ, डमर घले लगायतले दिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमुधिं यूकेका संस्थापक तथा पूर्वअध्यक्षहरुको उपस्थिती थियो । कार्यक्रमको संचालन महासचिव कृष्ण गुरुङले गरेका थिए ।
तमु धीं यूकेले आयोजना गर्ने गोर्खा कप र नेपाली मेला सर्वाधिक नेपालीहरु भेला गराउने बार्षिक कार्यक्रमको रुपमा प्रख्यात रहेका छन्।
3