११ बैशाख २०८१, मंगलवार
Follow Us

पोखरा लेखनाथ मनपाको मतगणना पुनः सुरु

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार ११:२५

पोखरा । गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आज दिउँसोबाट पुनः सुरु भएको छ । वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
विवादित १७ नं वडाको भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप कागजपत्र देखाएपछि गणना सुरु गर्ने निर्णय भएको बताइएको छ ।