११ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार कोषका लागि २५ हजार पाउण्ड संकलन

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार ११:२८

लन्डन। नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ एक कोष खडा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेद्वारा आयोजित च्यारिटी डिनर भव्यरुपमा सफल भएको छ । वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको उपस्थितीमा भएकोे सो कार्यक्रममा २५ हजार भन्दा बढी संकलन भएको छ ।

आइतबार बेलुकी अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतस्थित नेपाली सन्चार माध्यमले नेपाल र बेलायत तथा बेलायतस्थित नेपाली समुदायबीच पनि पुलको काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाली मिडियालाई सहयोग र प्रबद्र्धन गर्न सघाउन बेलायतस्थित सबै नेपालीहरुलाई आग्रह समेत गरे।

18581623_10155321202709282_8981934107733855508_n

कार्यक्रममा शुभकामना दिँदै गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले एनआरएनले नेपाली सन्चार जगतसंग सँधै सहकार्य गर्दै अगाडि बढीरहेको बताए। उनले समाजलाई सजग गराउँदै सही समाचार संप्रेषण गर्न कलम चलाउन पनि सबै पत्रकारहरुलाई अनुरोध गरे। उनले नेपालमा निर्माणाधीन एनआरएनको भवन निर्माणका लागि सहयोग जुटाउने मुख्य उद्देश्य सहित आउँदो जुलाई २९ तथा ३० तारिखमा फ्रयाँकफर्ट शहरमा हुन लागेको युरोप क्षेत्रीय बैठकलाई सफल पार्न सघाउन पनि सबैलाई आग्रह गरेका थिए।
18622096_10155321206679282_9136137247710078575_n
कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ, डार्टफोर्डमा लेबर पार्टीबाट संसद सदस्यका उम्मेदवार डा. बच्चुकैलाश कैनी, ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि केसी लगायतले मन्तव्य व्यक्त गरे।
नेपालबाट आएका लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले चितवन जिल्लाको लोथरमा १६३ जना चेपाङ बालबालिकालाई राखेर सन्चालित छात्रावास तथा पठनपाठनमा मासिक साढे छ लाख जति खर्च भैरहेको जनाए उक्त मानवीय काममा सघाउनुहुने सबै बेलायतवासी नेपालीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे।
आयोजक नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीले पत्रकारहरुद्वारा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता र सहयोगकालागि बेलायतस्थित सबै नेपाली संघसंस्था र सहयोगदाताहरुलाई धन्यवाद दिए ।
18582031_10155321207919282_2584320442145728421_n
उनले कार्यविधि बनाइ कोषलाई पारदर्शी ढँगबाट सन्चालन गर्ने उद्देश्यले वरिष्ठ समाजसेवी डा राघब धिताल, समाजसेवी सूर्य गुरुङ तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार भगीरथ योगी रहेको तीन सदस्यीय सन्चालक समिति गठन गरिएको जानकारी दिए। सो अवसरमा डा धितालले पत्रकारहरुको हितकालागि गठन गर्न लागिएको कोषलाई सही ढँगले सन्चालन गर्न आफुहरुले काम गर्ने विश्वास दिलाए ।
कार्यक्रमको दोश्रो भागमा आयोजित सांस्कृतिक कार्यक्रममा शर्मि ला बर्देवा, गीता पाइजा, लालीमाया बुढाथोकी लगायतका कलाकारहरुले आफ्ना लोकप्रिय गीतहरुबाट सहभागीहरुको मनोरन्जन दिलाए । कार्यक्रममानृत्यहरु पनि प्रस्तुत गरिएका थिए। कार्यक्रमको संचालन रमेश सराङकोटी, लिलामान शेरपुर्जाले गरेका थिए भने ध्रुव अर्याल, श्याम लुइटेलले मन्तव्य दिएका थिए ।

राजदूतको पुस्तक विमोचन

सोही अवसरमा नेपाली दूतावास लन्डनद्धारा प्रकाशित तथा वेलायतका लागि नेपाली राजदूत सुवेदीद्धारा सम्पादीत “२०० इयर्स अफ नेपाल(ब्रिटेन रिलेशन्स” नामक पुस्तकको समेत विमोचन गरिएको थियो । सो पुस्तकको विमोचन नेपालपत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्षद्धय चिरन शर्मा, नविन पोखरेल, पत्रकारहरु भगिरथ योगी, विश्वदिप तिगेला, हरि गुरुङ,सोनाम शेर्पा लगायतले संयूक्त रुपमा गरे । ४०५ पृष्ठ मोटो सो पुस्तकमा नेपाल — भारत र वेलायत बीच भएको सुगौली सन्धि लगायत नेपाल— वेलायत सम्वन्धका बिभिन्न आयामहरु समेटिएका दस्तावेज समावेस गरिएका छन् ।
सोही अवसरमा पत्रकार दूत पुनद्वारा लिखित कथा संग्रह अर्ली भाइको समेत विमोचन गरिएको थियो।

1

18664612_1277116365740222_3972723617548350126_n