१२ बैशाख २०८१, बुधबार
Follow Us

आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न दिएन् : डा भट्टराई

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार १५:०२

भीमदत्तनगर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताउनुभयो ।
संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो ।
चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’ संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिनुभयो ।