१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा नेपाल बैठकः पर्ख र हेरको स्थितिमा

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार १५:२८

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनको बैठक बिनानिश्कर्ष टुंगिएको छ । दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसेको भएपनि नेताहरु कुनै टुंगोमा पुग्न नसकेका हुन् । सोमबार काठमाडौंको बिजुलीबजारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एक/दुई दिन पर्खनोस्’ भनेकाले सहमतिका लागि कुनै निर्णय नगरिएको राजपा नेपालका नेता जितेन्द्र सिंहले बताए ।
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन सरकारले संविधान संशोधन गर्नुपर्ने माग मोर्चाले राख्दै आएको छ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउनुको सट्टा पेलेर जाने मनस्थिति बनाएको ती दलका नेताहरुको आरोप छ ।