१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज प्रधानमन्त्रीको राजीनामा !

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार ०७:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग भएकमो भद्र सहमतिमा इमान्दारिता देखाउनुपर्ने बताएका थिए । स्थानीय निर्वाचन गराउने, मधेसी दललाई संविधानको दायरामा ल्याउने र निर्वाचनमा सहभागी गराउने मूल उद्देश्यमा सरकार सफल भएको संश्लेषण उनले गरेका थिए ।
यसैबीच, मोर्चामा आबद्ध दलहरुले थप कुनै माग नराखे प्रधानमन्त्रीले मंगलबार पदबाट राजीनामा गर्ने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेको बताईएको छ ।