६ चैत्र २०८०, मंगलवार
Follow Us

भरतपुर र काठमाडौंमा एमाले, ललितपुरमा कांग्रेस अगाडि

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार ०७:५७

काठमाडौं । भरतपुर र काठमाडौं महानगरपालिकामा नेकपा एमाले अगाडि देखिएको छ भने ललितपुरमा नेपाली कांगे्रसको अग्रता कायमै छ । काठमाडौंमा विद्यासुन्दर शाक्य ३७ हजार ९ सय १३ मतका साथ अगाडि छन् भने भरतपुरमा देवी ज्ञवाली २४ हजार ९ सय १२ मत ल्याएर अगाडि छन् । कांगे्रसले अग्रता लिएको ललितपुरमा चिरिबाबुले २१ हजार ६ सय ३५ मत ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गर्नुभएको छ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडाँै महानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो ।