६ चैत्र २०८०, मंगलवार
Follow Us

सहयोगदाता प्रति पत्रकार महासंघ यूके कृतज्ञ

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार ०८:०९

लन्डन । नेपाल पत्रकमर महासंघ यूके शाखाले नेपाली पत्रकार तथा बेलायतमा रहेका नेपालीहरुलाई आपतविपतमा सहयोग गर्न स्थापना भएको आकस्मिक कोषका लागि सहयोग पुरा-याउने दाताप्रति धन्यवाद ज्ञापन गरेको छ । महासंघका अध्यक्ष नरेश खपाङीले सोमवार एक विज्ञप्तिजारी गर्दै संकलित सहयोगका बारेमा शाखाले यथाशक्य चाँडो सञ्चारमाध्यममार्फत जानकारी गराउने जनाएका छन् ।

विज्ञप्तिको पूर्णपाठ

लण्डन । नेपाली पत्रकार तथा बेलायतमा रहेका नेपालीहरुलाई आपतविपतमा सहयोग गर्न एक आकस्मिक कोष स्थापना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेले २१ मे, २०१७ आइतबारका दिन आयोजना गरेको नेपलिज प्रेस नाइट(२०१७ लाई भव्यरुपमा सफल बनाउन सहयोग र उत्साह दिनुहुने सबैमा नेपाल पत्रकार महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
शाखाले पहिलोपटक आयोजना गरेको यस च्यारिटी कार्यक्रममा साथ र समर्थन जनाउँदै उपस्थित हुनुभएका प्रमुख अतिथि, अतिथिहरु, युकेस्थित नेपाली संघसंस्था र तिनका प्रतिनिधिहरु, कार्यक्रम प्रायोजकहरु, उद्यमी, व्यवसायी, कलाकार, नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरु, सहकर्मी पत्रकार मित्रहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई साथ सहयोग गर्नुहुने सबैमा महासंघ हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

कार्यक्रमको ब्यवस्थापनमा कुनै त्रुटी भएको र जसका कारण हाम्रा आमन्त्रित पाहुनाहरुको स्वागत र सत्कारमा कुनै कमीकमजोरी भएको भए आयोजकका नाताले क्षमयाचना महासंघ गर्दछ । कार्यक्रमबाट संकलित सहयोगका बारेमा शाखाले यथाशक्य चाँडो सञ्चारमाध्यममार्फत जानकारी गराउने अवगत गराउँदछु ।

नरेश खपाङ्गीमगर
अध्यक्ष