६ चैत्र २०८०, मंगलवार
Follow Us

बिदेशी भूमिमा गायनमा सक्रिय कोपिला

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १२:०३

साइप्रस । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा रहे पनि सप्तरीकी कोपिला दाहाल गीत संगीतमा सक्रिय रुपमा लागि परेकी छिन् । उनको पछिल्लो गीत “म नेपालकी छोरी” को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । बाल्यकालमा बन पखेराहरुसँग बिताएको क्षणलाई समेटिएको उक्त गीतको शब्द पनि गायिका कोपिला दाहालको नै रहेको छ । उक्त गीतको संगीत सागर अधिकारी र एरेन्ज सुदिप सागरको रहेको छ । म्युजिक भिडियोमा चर्चित नायिका तथा मोडल नम्रता सापकोटा, म्युजिक भिडियोका निर्देशक सुरेन बस्याल र बालकलाकार आस्मिक सुबेदीको अभिनय रहेको छ । सङ्स नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियोमा हेर्न सकिन्छ । नेपालमा करिब १५ बर्ष अघि सँगीत गुरु रामकुमार खड्कासँग गायन सिकेकी कोपिला सानो उमेरदेखि नै गीतहरु गाउने गर्दिन । बिबाहपश्चात उनि गायनमा सक्रिय भएर लागेकी कोपिलाको पहिलो गीत दश वर्ष अगाडि रेकर्ड गरिएको थियो।