११ बैशाख २०८१, मंगलवार
Follow Us

विवाद मिलाउन शीर्ष नेताहरु छलफलमा

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७४, बुधबार ०७:१५

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुने कार्यसूची छ । तर बैठक बस्नुअघि दलहरुबीच देखिएका विवाद समाधान गर्न बिहानैदेखि छलफल भइरहेको छ ।
प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् । उनीहरुबीच सहमति नभए आज पनि बैठक प्रभावित हुन सक्ने बताइएको छ । यसअघि मंगलबार बस्ने भनिएको संसद्को बैठक दलहरुबीच विवाद भएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पटकपटक स्थगित गर्दै साँझ ७ बजे बस्ने भनिए पनि त्यतिबेलासम्म पनि दलहरुबीच कुरा मिल्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो । संसद्को हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची थियो । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पदबाट राजिनामा दिने तयारी गर्नुभए पनि बैठक नै बस्न नसकेपछि उनको राजीनामा घोषणा टरेको थियो ।