७ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्ट्रेलियामा ब्यापारिक सफलतासंगै नेपाल प्रबर्द्धन

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७३, बुधबार ०७:२५

अस्ट्रेलियाको जिलोङ क्षेत्रको धनाढ्यहरुको बस्तीको रुपमा मानिने ओसन ग्रोभमा गत जनवरी १५ तारिखका दिनदेखि जोन योन्जनद्धारा सन्चालनमा ल्याइएको क्रिस्टिना फुड इभेण्ट एण्ड क्याटरिङ्ग प्रा लि अन्तर्गतको ब्लु माउण्टेन रेस्टुरेन्ट छ: महिनाको छोटो अबधिमा नै त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा तीन सर्बाधिक लोकप्रिय रेस्टुरेन्टको रुपमा आउन सफल भएको छ । ओसन ग्रोभको रोटरी क्लबद्धारा गरिएको एक अध्ययनका आधारमा जोन योन्जनद्धारा सन्चालित ब्लु माउण्टेन रेस्टुरेन्ट, चिनिया नागरिक द्धारा सन्चालित ग्रूव र थाइद्धारा सन्चालित चिङ माइ थाइ रेस्तुरेन्ट त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा सर्बाधिक लोकप्रियको रुपमा छनोटमा परी जनवरी २७ का दिन साँझ रोटरी क्लबद्धारा ओसन ग्रोभमा आयोजित एक कार्यक्रममा उनीहरुलाई ओसन ग्रोभ आउनका कारण, ब्यापार अबस्था, भावी योजना जस्ता कुराहरुमा केन्द्रित भएर आफ्नो ब्यवसायको बिषयमा प्रस्तुत गर्ने अबसर दिइएको थियो । ब्लु माउण्टेनका तर्फबाट आफ्नो ब्यवसायका बारेमा प्रस्तुत गर्ने क्रममा जोन योन्जन र रेस्टुरेन्टका मैनेजर सबिता गुरुङले उक्त कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनु भएका लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक इ रामकुमार श्रेष्ठको सुझाब अनुसार नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा परिचय समेत दिनु भएको थियो ।

करीब छ: महिनाको अबधिमा ३ लाख ११ हजार डलरको कारोबार गरेको ब्लु माउण्टेनमा ११ जना कर्मचारी कार्यरत छन र यस्ले यही क्षेत्रको वरिपरीमा आफ्नो ब्यवसाय बिस्तार गर्ने लक्ष लिएको कुरा प्रस्तुतिको क्रममा जानकारी दिइएको थियो । ब्यवसाय बिस्तारको लागि अनुभबी दक्ष जनशक्तिको आबस्यकता पूर्ति आबस्याक पर्दा अस्ट्रेलिया बाहिरबाट समेत ल्याउने तयारी गरिराखेको समेत जानकारी प्रस्तुतिको क्रममा दिइएको थियो ।