१५ बैशाख २०८१, शनिबार
Follow Us

थपिएको स्थानीय तहमा जेठ ३१ मा निर्वाचन सम्भव छैन : प्रमुख आयुक्त

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार ०९:०७

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादबले सरकारले केही दिनअघि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने स्पष्ट पारेका छन् । काठमाडौंमा आज आयोजित अन्र्तक्रियामा प्रमुख आयुक्त यादवले सरकारको निर्णयबारे आयोग बेखबर रहेको भन्दै थपिएको भनिएको स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रमअनुसार निर्वाचन गर्न नसकिने बताएका हुन ।
आयोगले जेठ ३१ गते ४ सय ६१ तहमा मात्रै निर्वाचन गराउने उनको भनाइ थियो । आयोगले तयारी नै नगरेकाले थपिएका तहमा ३१ गते नै मतदान गराउन नसकिनेमा जोड दिएका प्रमुख आयुक्त यादवले ४ सय ६१ तहको निर्वाचन सर्छ कि भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । बुधबार मात्रै आयोगले संवैधानिक, कानूनी, प्राविधिक र व्यवस्थापकीय हिसाबले पनि दोस्रो चरणको निर्वाचन मितिको विकल्प नखोज्न सरकारलाई सुझाव दिएको थियो ।