१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेठ ३१ गते नै बाँकी तहको निर्वाचन : कांग्रेस

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार ०९:११

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकारको नेतृत्वमा जेठ ३१ गते नै बाँकी स्थानीय तहको निर्वाचन हुने दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा जेठ ३१ गते नै निर्वाचन हुने दाबी गरेको हो ।
कांग्रेसले निर्वाचन आयोग र सरकारका बीचमा निरन्तर परामर्श भइइरहेको भन्दै चुनाव सर्ने आशंका नगर्न आग्रह गरेको छ । कांग्रेस पदाधिकारी बैठकले पार्टी सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि संसदमा प्रतिनीधित्व गर्ने दलसँग निरन्तर परामर्श गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि दलीय छलफल अगाडि बढाउन लागेको हो ।