६ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारको नीति तथा कार्यक्रम आज

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार ०९:१८

काठमाडौं । सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको चार बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । स्थानीय तहको संख्या थपको विरोधमा नेकपा एमालेले सदनको कारबाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफल बिना नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
निर्वाचन आचार–संहिताका कारण यस पटक अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिइने छ । नयाँ कार्यक्रम ल्याउन नमिल्ने प्रतिपक्षीको अडान र निर्वाचन आयोगको सुझावपछि सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
पहिलो पटक संघीय संरचनाअनुसार तयार पारिएको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका ठूला आयोजनालाई प्राथमिकता दिइएको छ । यसैबीच, पछिल्लो दुई दिन संसद चल्न नदिने अडानमा रहेको एमालेले नीति तथा कार्यक्रममा भने अबरोध नगर्ने भएको छ । नीति तथा कार्यक्रममा छलफल भएपछि सरकारले संवैधानिक प्रावधानअनुसार जेठ १५ गते आर्थिक वर्ष २०७४/७५ को बजेट पेश गर्नेछ ।