८ बैशाख २०८१, शनिबार
Follow Us

एमालेको सदनमा गतिविधि हास्यास्पद

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार १५:०५

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को अधिवेशनलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन पनि गर्न नदिई के माग राखेको हो भन्ने प्रश्न गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री निधिले भन्नुभयो “उसलाई (एमाले) प्रतिपक्षको भूमिका के हो ? कसरी निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन कि ? एमालेको सदनको आजको गतिविधि हास्यास्पद रह्यो ।”
प्रमुख प्रतिपक्षी दलको भावनालाई सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । सदनको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । दोस्रो बैठकमा राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी दलका सांसदले आआफ्नो आसनबाट उठी विरोध जवनाउनुभएको थियो ।
गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डले काँँग्रेस र नेकपा(माओवादी केन्द्र)बीच भएको सहमतिअनुसार आफ्नो पदबाट राजीनामा दिनुभएको हो, अब नयाँ सरकारको गठन प्रंक्रिया अगाडि बढ्छ भन्नुभयो ।