८ बैशाख २०८१, शनिबार
Follow Us

एजेन्डा बुझाउन नसक्दा पराजय : राप्रपा महामन्त्री चन्द

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ०७:०४

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुग्नुभएका महामन्त्री चन्दले संक्षिप्त कुराकानी गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताउनुभयो ।
“निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम्रो यो अवस्था आएको हो,” उहाँले भन्नुभयो “एजेन्डाबाट विचलित नभएर दोस्रो चरणको चुनावमा जनतामा जान्छौ र सफल हुनेछौँ ।”
स्थानीय तहको निर्वाचनले देश समृद्घितिर लम्किने भएकाले दोस्रो चरणको निर्वाचन अनिवार्य रहेको उहाँको भनाई थियो । “निर्वाचन हुन नसकेमा देश अन्यांैलता तर्फ धकेलिन्छ” चन्दले भन्नुभयो । लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उहाँले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभएर दोस्रोचरणको चुनावमा सक्रिय हुन आग्रह गर्नुभयो ।