८ बैशाख २०८१, शनिबार
Follow Us

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ०७:०७

कास्की । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदबार विजयी भएका छन् । एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन ।
जिसीका प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनका उम्मेदबार नेपाली कांग्रेसका रामजी कुँबरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे । जिसीले कुँबरलाई १३ हजार ७ सय २ मत अन्तरले पराजित गरेका हुन । उपप्रमुखमा निर्वाचित एमालेकै मञ्जु गुरुङले ५४ हजार १ सय मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले ४२ हजार ८ सय ७५ मत प्राप्त गरिन । दुई जनाबीच ११ हजार २ सय २५ को मतान्तर छ । पोखरा–लेखनाथका ३३ मध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् ।