१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन स्थानमा मतगणना जारी, यस्तो छ पछिल्लो परिणाम

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ०७:३४

काठमाडौं । काठमाडौं र भरतपुर महानगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार काठमाडौं र भरतपुरमा एमाले उम्मेदवारको अग्रता छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् भने कांग्रेसका राजुराज जोशीको दोस्रोमा छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका देवी ज्ञवाली अगाडि छन् । माओवादी केन्द्र र कांग्रेसकी संयुक्त उम्मेदबार रेणु दाहाल दोस्रोमा छिन् । भक्तपुरको चाँगुनारायणमा नेपाली कांग्रेसका राजाराम खड्का अगाडि छन् भने दोश्रोमा एमालेका सोम मिश्र छन् । पहिलो चरणको निर्वाचन अन्तर्गत अहिलेसम्म घोषित नतिजाअनुसार एमालले १ सय २३, नेपाली कांग्रेसले १ सय ४ र माओवादी केन्द्रले ४६ स्थानीय तह जितेको छ ।