२६ बैशाख २०८१, बुधबार
Follow Us

रोकिएको मतगणना तीन घन्टापछि सुरु, रेणुको सम्भावना जिवितै

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार ०५:४२

चितवन । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६: ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।
पछिल्लो मतगणनामा नेकपा (एमाले)का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार एक सय १८ र नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकी छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।