१३ बैशाख २०८१, बिहीबार
Follow Us

कहाँबाट आयो रञ्जुलाई यति धेरै मत

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार ०६:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पूर्ण मतगणना सम्भवतः आज सम्पन्न हुँदैछ । मेयर पदमा एमाले र उपमेयरमा कांगे्रसलेको जीत निश्चित भइसकेको छ । यसको औपचारिक घोषणा शनिबार साँझसम्म आइसक्नेछ । मेयर पदमा विवेकशील नेपालीकी रञ्जु दर्शना तेस्रो र चौथोमा साझा पार्टीका किशोर थापा छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा एमालेका विद्यासुन्दर शाक्यले दोब्बर मतले जित्दैछन् । रञ्जु र किशोरले कांगे्रेसको मत काटेकाले एमाले उम्मेदवार विद्यासुन्दरले दोब्बर मतले जितेका हुन् भन्ने विश्लेषण गरिएको छ ।
यो विश्लेषणमा कति सत्यता छ, त्यो केही समयपछि थाहा होला, तर तेस्रो पोजिसनमा भए पनि रञ्जुको चर्चा यतिबेला देशविदेशमा भइरहेको छ । रञ्जुले २२ हजार तीन सय ४१ मत प्राप्त गरेकी छन् । उनले यति धेरै मत कसरी प्राप्त गरिने भन्ने खोजी हुने थालेको छ । साझा पार्टीका उम्मेदवार किशोरले प्राप्त गरेको आधा मत असन्तुष्ट कांगे्रसको हो भन्ने कुरामा दुई मत छैन । आधा मत उनको व्यक्तित्वले खिचेको हो । काठमाडौंको रैथाने, अवकास प्राप्त कर्मचारी, सचेत नातागोता, मिजासिलो व्यक्तित्व भएको कारण उनले मत प्राप्त गरेका हुन् ।
२०३१ सालको बोर्ड फस्ट किशोर कांगे्रसको तर्फबाट इञ्जिनियर एसोसिएसनको अध्यक्ष भएर एक कार्यकाल काम गरेका हुन् । शहरी विकासमा उच्च शिक्षा हासिल गरेका किशोरले धेरै मत कर्मचारीहरुबाटै प्राप्त गरेका हुन् । आँखामा हाल्दा पनि नबिझाउने स्वभावका थापाले प्राप्त गरेको आधा मत असन्तुष्ट कांगे्रसीहरुको हो । नेपाली कांगे्रसको पछिल्लो गतिविधिबाट असन्तुष्ट समूहले किशोरलाई मत हाले । असन्तुष्ट कांगे्रसी मत किशोरले अझ धेरै प्राप्त गर्न सक्ने अनुमान लगाइएको थियो । किशोरले तेस्रो पोजिसनको मत ल्याउँछन् भन्ने धेरैले अनुमान गरेका थिए । तर, उनले रञ्जु जति मत हासिल गर्न सकेनन् ।
रञ्जुले यति धेरै मत कहाँबाट प्राप्त गरिन् भन्ने विषयले धेरैलाई खुलदुली बनाएको छ । उच्च शिक्षा पनि हासिल गर्न बाँकी रहेकी २१ वर्षीय यी सुन्दरीका बारेमा महानगरमा दुई खालको चर्चा चलेको छ । उनले प्राप्त गरेको आधा मत क्रिश्चियनहरुको हो । निर्वाचन प्रचारप्रसारमा मात्र होइन, सुकुम्बासीवस्तीको मत किन्नसमेत यूरोपियन युनियनको लगानी थियो भनिन्छ । सुन्दरताबाहेक उनीसँग खासै क्षमता देखिएन । अध्ययनको कमीले वाकपटुता पनि उनमा देखिएन । साझा पाटीका उम्मेदवार किशोरसँग रञ्जुलाई दाज्न मिल्दैन थियो । यद्यपि सुन्दरी भएकै कारणले केही युवा युवतीको मत रञ्जुले प्राप्त गरिन् भने बाँकी मत असन्तुष्ट कांगे्रसीको भएको बताइन्छ । समग्रमा रञ्जुले प्राप्त गरेको एकतिहाइ मत असन्तुष्ट कांग्रेसीको भएको बताइन्छ ।