१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालको संविधान महिला मैत्री : रेग्मी

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार १४:३२

चितवन । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमाइ रेग्मीले दक्षिण एसयिाकै उत्कृष्ट महिला मैत्री संविधान नेपालमा रहेको भन्दै यस्को सदुपयोग गर्नुपर्ने बताइन् ।
महिलालाई आर्थीक रुपमा आत्मनिर्भर बन्न सहयोग पु-याउने हेतुले बिश्व शान्ति महिला संघबाट संचालित क्रियटिक टेनिङ सेन्टर चितवन नेपालले आयोजना गरेको पमाणपत्र वितरण कार्यक्रम कि प्रमुख अतिथि रेग्मिले यस्तो बताएकि हुन् । महिलाहरुका लागि आत्मनिर्भर बन्ने कुरा सबै भन्दा बढि महत्वपुर्ण भएको भन्दै उनले संस्थाले आयोजना गरेको कार्यक्रम प्रशंसनिय भएको बताइन् । साथै उनले पहिले आफुले आफैलाई चिन्नु आवश्यक रहेको भन्दै मानव जीवनको महत्त्व लाई बुझि सोहि अनुसारका कार्यहरु सम्पादन गरिए मानव जिवन सार्थक हुने उनले बताए । जापानका महिलाहरुले गरेको सहयोगको प्रशंसा गर्दै उनले जापानीजहरुको कार्यशैली अनुकरणिय भएको बताइन् ।
संस्थाले तिन महिने हाते ईम्व्राईडरी र ६ महिने सिलाई तालिमको शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । तालिममा सहभागि २३ जना महिला सहभागी सो संस्थाले बिगत ५ बर्षदेखी बिभिन्न कार्यक्रम आयोजना गर्दे आएको छ । महिलालाई आत्मनिर्भर र फुर्सदको समय उपयोग गरिने यस्ता कार्यक्रम वाट महिलाले आयआर्जन गर्न सहज हुने उदेश्य ल तालिम कार्यक्रम संचालन गर्दे आएको कार्यक्रम संयोजक शारदा सेढाईले उल्लेख गर्नुभएको छ । तिन महिने हाते ईम्व्राईडरी र ६ महिने सिलाई तालिम को प्रशिक्षकको रुपमा बिना श्रेष्ठ र उषा श्रेष्ठ रहनुभको थियो ।
बिश्व शान्ति महिला संघकी छलिकुमारी शर्मा, बिश्व शान्ति महिला संघअन्र्तराष्टिय सल्लाहकार रितसको ज्ञवाली, जापानका प्रतिनिधिहरु ताके उचिसानार , युकिको फुजिता, बिश्व शान्ति तथा एकिकृत महासंघका क्षेत्रीय निर्देशक रामप्रसाद ज्ञवाली, बिश्व शान्ति महिला संघ चितवनकी संयोजक सुमित्रा पौडेल लगायतको सहभागिता रहेको थियो । सो अवसरमा सबैभन्दा राम्रो बुटा भर्ने भगवति आलेमगर पुरस्कार दिएको थियो ।स्वागत मन्तव्य अन्जु लम्सालले राख्नुभएको सो कार्यक्रम बिश्व शान्ति महिला संघको पुर्ब अध्यक्ष यमुना आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।