१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेठ ३१ को चुनाव सार्न कांग्रेस तयार

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार १५:२१

काठमाडौं । नेपाली कांग्रेसले मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ । कांग्रेसले शनिवार राजपाका नेताहरुसँग छलफल गरेर निर्वाचनमा सहभागी भए जेठ ३१ गते हुने दोस्रो तहको निर्वाचन सार्न सकिने भन्दै सहभागी हुन आग्रह गरेको हो ।
शनिवार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कांग्रेस र राजपाका नेताहरुबीचको छलफलमा कांग्रेसका नेताहरुले मधेस केन्दिूत दलको माग पूरा गराउन आफूहरु तयार रहेको जनाएका थिए । राजपाको माग पूरा गराउन निर्वाचनको मिति सार्न समेत सकिने भन्दै सहभागी हुन आग्रह गरेका थिए । तर, राजपाका नेताहरुले संविधान संशोधन, स्थानीय तहको संख्या थप नभएसम्म निर्वाचनमा सहभागी नहुने राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राजपा नेपालका नेताहरुलाई निर्वाचनमा भाग लिनका लागि पार्टी दर्ता, हस्ताक्षर बुझाउने तथा चुनाव चिन्ह प्राप्तिका लागि ऐन संशोधन गर्न र निर्वाचन मिति सार्न पनि सकिने आश्वासन दिएको बताए । सविधान संशोधन, मुद्दा फिर्ता, पार्टी दर्ता, चुनाव चिन्ह प्राप्ति, जनसंख्याको आधारमा स्थानीय तहको सँंख्या थप्नुपर्नेलगायतका माग पूरा भए आफूहरु चुनावमा भाग नलिने र आन्दोलनमा जाने निर्णय राजपाले यसअघि नै गरिसकेको छ ।