४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतद्वारा आतङ्कवादी खतरालाई ‘उच्च संवेदनशीलबाट सुधारतर्फ’

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार ०६:२०

लण्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शनिबार आफ्नो मुलुक आतङ्कवादी खतराको ‘उच्च संवेदनशील अवस्थाबाट सुधारोन्मुख दिशा’मा अघि बढेको भए पनि अझै संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ ।
सोमबार म्यानचेस्टरमा भएको आतङ्कवादी हमलामा परी २२ जना सर्वसाधारणको मृत्यु भएपछिको अवस्थालाई मूल्याङ्कन गर्दै प्रधानमन्त्री मेले भन्नुभयो, “अब राष्ट्रको सुरक्षास्थिति ‘अतिसंवेदनशीलबाट संवेदनशील अवस्था’ मा आइपुगेको छ ।”
उहाँले शनिबार एक विज्ञप्ति जारी गर्दै मुलुकको बितेका २४ घन्टाभित्र सुरक्षा स्थितिलाई नजर राख्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको र अहिलेसम्म ११ जनालाई आतङ्कवादी हमलाको आरोपमा प्रहरी हिरासतमा लिइएको बताउनुभएको छ ।