८ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुरको मतगणना फेरी रोकियो, छलफल जारी

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार १३:२०

काठमाडौं । भरतपुर महानगरको जारी मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मुचुल्का उठाउने डायरीमा टिपिएको सिल नम्बर र मतपेटिकामा भएको सिल नम्बर फरक देखिएपछि गणना रोकिएको हो । यसबारे अहिले छलफल चलिरहेको छ । अब १९ र २० नम्बर वडाको मत गन्न बाँकी छ । गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् । देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।