११ बैशाख २०८१, मंगलवार
Follow Us

धादिङमा बस दुर्घटना : ३ को मृत्यु, २० बढि घाइते

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार १५:५३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा पर्ने भकारेमा यात्रुवाहक बस पल्टिँदा ३ जनाको ज्यान गएको छ । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।
धादिङबेसी सल्यानटार सडक खण्ड अन्र्तगत भकारेमा भएको सो दुर्घटनामा परि २० भन्दा बढी गम्भिर घाईते भएका छन् । घाईतेहरुको अहिले उद्दार कार्य जारी रहेको छ । काठमाडौंबाट धादिङको खहरेका लागि छुटेको बसबीच बाटोमै बिग्रिएपछि यात्रुलाई गन्तव्यसम्म लैजान प्रयोग गरिएको ग१ख ३४०५ नम्बरको बस ३० भन्दा बढी यात्रु लिएर चलेको केहीबेरमै सडकभन्दा २ मिटर तल खसेको स्थानीयले बताएका छन् ।
साँझ पौने ६ बजेतिर भएको सो दुर्घटनामा परि घाईते भएकाहरुको उद्दार कार्य जारी रहेको उद्दारमा संलग्न कुवेर धरेलले जानकारी दिए । दुर्घटनाको खबर आएपछि स्थानीयवासीले उद्दार शुरु गरेको थिए ।
अहिले सदरमुकाम धादिङबेसीबाट प्रहरी र उद्दारटोली घटनास्थलतर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्दार कार्य जारी रहेकाले क्षतीको विस्तृत विवरण आउन बाँकी नै छ । घाइते भएकाहरुको मध्ये कोहीको अवस्था गम्भिर रहेको र मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी धादिङले जनाएको छ ।