८ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुरमा दुई वडा गन्न बाँकी हुँदा पनि अनुमान लगाउन कठिन

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार १५:५५

चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ लम्किदा थप प्रतिस्पर्धी बन्दै गएको छ । महानगरमा एक लाख १२ हजार ७ सय ४१ मत खसेकोमा थियो । हालसम्म नेकपा एमालेका देवी ज्ञवाली करिब ७८४ मतले अगाडि छन् । ज्ञवालीले ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९६ मत पाएकी छन् ।
उपप्रमुखमा भने कांग्रेसकी पार्वती शाह पाँच हजार हाराहारी मतले अगाडि छिन् । मतगणनाको क्रम अन्त्यतिर पुग्नै लाग्दा पनि कसको जित हुन्छ भन्न सक्ने अवस्था छैन । यसैबीच, भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित निश्चित भएको छ । भरतपुरको १९ र २० वडाको मत गणना गर्न बाँकी छ ।
तर, ति दुई वडामा खसेको कूल ६ हजार १ सय १२ भन्दा शाहले प्रतिस्पर्धी दिब्या शर्मा आचार्यलाई ६ हजार ३ सय बढीले पछाडि पारेका कारण उनको जीत निश्चित भएको हो । पछिल्लो परिणामअनुसार शाहले ४४ हजार ७९ र आचार्यले ३७ हजार ६ सय ८० मत ल्याएका छन् ।