१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिका र बेलायत विश्वसनीय साझेदार रहेनन् : मर्केल

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार ०६:४०

फ्रान्कफर्ट । बेलायतको युरोपियन युनियन (ईयू) बाट भएको बहिर्गमन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि युरोपले आफ्नो भाग्यलाई आफ्नो हातमा नै लिनुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलले बताउनुभएको छ । “हामी पूर्णतया अरूसँग आश्रित हुने समय अब रहेन । मैले यस कुरालाई केही दिनदेखि अनुभूत गर्न थालेकी छु,” मर्केलले दक्षिणी जर्मनीको म्युनिक सहरमा आयोजित -यालीका सहभागीलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।
“हामी युरोपवासीले साँच्चै नै युरोपको भाग्यलाई आफ्नो हातमा सम्हाल्नु पर्छ, उहाँले बताउनुभयो । यद्यपि जर्मनी र युरोपले अमेरिका र बेलायतसँग असल सम्बन्ध राख्न प्रयास गर्नेछन्, मर्केलले थप्नुभयो । हामी आफ्नै भाग्यका लागि सङ्घर्ष गर्नुपर्छ, उहाँले भन्नुभयो ।” सो अवसरमा जर्मन चान्सलरले आफ्नो मुलुक र नव निर्वाचित फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँसँग न्यानो सम्बन्ध कायम गर्न पहल आवश्यक रहेको बताउनुभएको छ ।