१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रकवि घिमिरे सकुशल

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार ०७:०१

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको विषयमा चलाइएको हल्ला निराधार रहेको घिमिरेको पारिवारिक स्रोतले जनाएको छ । कवि घिमिरेको निधनको खबरप्रति उनको पारिवारले खण्डन पनि गरेको छ । ९८ बर्षीय कवि घिमिरेको स्वास्थ्यको विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिएपछि आइतबार साँझ घिमिरे सकुशल रहेको भन्दै घिमिरे परिवारका एक सदस्यले सामाजिक संजालमा फैलिएको खबर भ्रमपूर्ण रहेको बताएका छन् ।
घरमा समेत फोन आएर तनाव सिर्जना भएको बताउँदै उनले अनावश्यक हल्ला नगरिदन आग्रह समेत गरेका छन् । माधव प्रसाद घिमिरेको निधन भएको हल्ला सामाजिक सन्जालमा भाइरल भएको थियो ।